कांग्रेस महाधिवेशनमा उम्मेदवार बनेपछि प्रदेश र जिल्लामा उम्मेदवार बन्न नपाइने
काठमाण्डु – नेपाली कांग्रेसले आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिने व्यक्ति त्यसपछि हुने प्रदेश तथा जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको स्पष्ट पारेको छ ।
