सकियो सेनाका पृतनापतिको समन्वयात्मक बैठक, विपद् प्रतिकार्य र सुरक्षा तयारीमा जोड
काठमाण्डु- नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको छ। असोज १५ गतेदेखि सुरू भएको बैठक विभिन्न विषयमा गम्भीर छलफल र समीक्षापछि शुक्रबार सम्पन्न भएको हो। बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, सम्पन्न भएका कार्यहरूको समीक्षा, जिम्मेवारी क्षेत्रभित्र भइरहेका गतिविधि तथा विपद् प्रतिकार्यलगायत समसामयिक विषयमा छलफल गरिएको नेपाली सेनाले जनाएको छ।
