दशैं पर्व जेन–जी आन्दोलनको क्षतिबिच परम्परालाई निरन्तरता दिन अभिशप्त भयौं : रास्वपा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले यस वर्षको दशैं जेन–जी आन्दोलनको अपूरणीय क्षतिबिच परम्परालाई निरन्तरता दिन अभिशप्त भएको टिप्पणी गरेका छन्। रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै उनले पर्व नेपालीका लागि धार्मिक उत्सव मात्र नभएर पारिवारिक मिलन, सामाजिक सदभाव र सांस्कृतिक एकताको प्रतीक भएको बताएका हुन्।‘प्रथमत: विजयादशमी २०८२ को पावन अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीजनमा सुख, शान्ति र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्दछौं।
