विमानस्थलमा विदेशिने नेपालीको भीड उस्तै, एक महिनामै ७३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने नेपालीको भीड अझै घटेको छैन। विमानस्थलको प्रतीक्षालयमा यात्रुको चाप, हातमा पासपोर्ट र झोला बोकेर उडानको प्रतीक्षामा रहेका युवा तथा परिवारसँगका भावुक बिदाइका दृश्यले नेपाली समाजको वैदेशिक रोजगारीप्रतिको निर्भरता अझै गहिरो रहेको देखाउँछ।रोजगारी, आर्थिक अभाव, पारिवारिक जिम्मेवारी र भविष्य सुरक्षित गर्ने सपना बोकेर हजारौँ नेपाली विदेशिने क्रम जारी छ।