SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

बनेन पीपीए मापदण्ड: १७ हजार मेगावाट आयोजना अलपत्र

काठमाडौं :  झन्डै दुईतिहाइ बहुमतसहित चैत १३ गते वर्तमान सरकार गठन भयो। गठन भएको भोलिपल्टै चैत १४ गते सार्वजनिक गरिएको सरकारको १०० बुँदे कार्ययोजनामा १ सय ८० दिनभित्र विचाराधीन रहेका सबै विद्युत् खरिद सम्झौता (पीपीए) र अनुमतिपत्रको निर्णय गरिसक्ने उल्लेख थियो। तर, सरकार बनेको आठ महिना पुग्न लाग्दासमेत पीपीएको मापदण्डसमेत बन्न सकेको छैन।चालु आर्थिक वर्षको बजेटमा पनि ‘टेक अर पे’ प्रावधानअन्तर्गत १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए तत्काल गर्ने घोषणा गरिएको थियो।