SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

अमेरिकामा भीषण आँधी : लाखौँ मानिस अन्धकारमा, हजारौँ उडान प्रभावित

काठमाडौं : अमेरिकामा आएको शक्तिशाली आँधीका कारण लाखौँ मानिस अन्धकारमा बस्न बाध्य भएका छन् भने हवाई यातायात  प्रभावित भएको छ। आँधी गएको एक दिन बितिसक्दा पनि धेरैजसो क्षेत्रमा विद्युत् आपूर्ति सुचारु हुन सकेको छैन।बिहीबार अमेरिकाको पूर्वी तटीय क्षेत्रमा तीव्र वेगको हावाहुरी र भारी वर्षासहित भीषण आँधी आएको थियो। आँधीपछिको वर्षाले तटीय क्षेत्रहरूमा बाढीको जोखिम बढाएको छ।