SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ११:०० PM · 1 मिनेट पढाइ

मुस्ताङमा भारत सरकारको सहयोगमा निर्मित छात्रावास भवनको उद्घाटन

काठमाडौं : मुस्ताङमा भारत सरकारको सहयोगमा निर्मित छात्रावास भवनको उद्घाटन गरिएको छ। लोमन्थाङ गाउँपालिका-२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवनको भारतीय दूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र पालिका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त छात्रावास भवन लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।