SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

नुवाकोटमा यात्रुवाहक गाडी दुर्घटना, ६ महिलासहित १२ जना घाइते

नुवाकोट : नुवाकोटमा यात्रुवाहक गाडी दुर्घटना भएको छ। शिवपुरी गाउँपालिका–५, आलडाँडामा टाटासुमो गाडी दुर्घटना हुँदा ६ महिलासहित १२ जना घाइते भएका छन्।गुर्जेभञ्ज्याङ–दुप्चेश्वर भित्री सडकखण्डअन्तर्गत आलडाँडामा मानेभञ्ज्याङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४३७५ नम्बरको गाडी अनियन्त्रित भई पल्टिँदा १२ जना घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) इकवाल हवारीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ।