डोटीमा ७ किलो चरेससहित दुई जना पक्राउ
डोटी : डोटीबाट प्रहरीले ७ किलो ८५ ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।प्रहरीकाअनुसार पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउपालिका–५, जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजंगबहादुर कडायत रहेका छन्।उनीलाई जिल्लाको जोरायल गाउँपालिका–२, बुडर मिलचौराहस्थित बुडर–जोगबुढा भित्री सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए।