SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

बिहारमा सरकारी अधिकारीप्रति विधायकको असन्तुष्टि, फोन नउठाउने कर्मचारीमाथि कारबाही माग

काठमाडौँ : भारतको बिहारमा सरकारी अधिकारीहरूको कार्यशैलीप्रति विधायकहरूले असन्तुष्टि जनाएका छन् । जनताको कामका लागि फोन गर्दा अधिकारीहरूले बेवास्ता गर्ने र सदनमा सोधिएका प्रश्नको भ्रामक तथा अपुष्ट जवाफ दिने गरेको भन्दै उनीहरूले कारबाहीको माग गरेका छन् ।शुक्रबार बिहार विधानसभा अध्यक्ष डा. प्रेमकुमारको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा विधायकहरूले सरकारी अधिकारीहरूको व्यवहारप्रति गुनासो गरेका हुन् ।