SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

प्रशासनको अल्टिमेटम अवज्ञा गर्दै सुकुम्बासीले छोडेनन् होल्डिङ सेन्टर

भक्तपुर :  व्यवस्थापनबिना होल्डिङ सेन्टरबाट हटाउन खोजिएको भन्दै मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा रहेका विस्थापित परिवारले सेन्टर छोड्न मानेनन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म स्थान खाली गर्न दिएको समयसीमा सकिए पनि उनीहरू सेन्टर छाड्न तयार भएनन्।बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न सूचित गरेको थियो।