SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

नयाँ पुस्ता, नयाँ कूटनीतिक मार्ग : बालेनसँग उत्साहित भारत !

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणपछिको कम्पन बाँकी नै छ। विशेषतः विपक्षी राजनीतिक दल र विश्लेषकहरूले भ्रमणका बारेमा विभिन्न टीकाटिप्पणी गरिरहेका छन्। शाहको भ्रमणलाई केवल औपचारिक कूटनीतिक भेटघाट र रुटिन भ्रमणका रूपमा बुझ्नु हुँदैन, किनकि गत भदौको २३ र २४ गतेको घटनापछि सत्ताको चाबी नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ। अझ ठूलो जनमतको समर्थन रहेका प्रधानमन्त्री बालेन परम्परागतभन्दा पृथक् शैलीमा चलिरहेका छन्।