SHARE
अन्नपूर्ण · शुक्रबार​ १७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

१७ जिल्लामा बाढीको जोखिम

काठमाडौं : आज १७ जिल्लामा बाढीको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका १७ जिल्लामा बाढीको मध्यम जोखिम छ। ठूला नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव उल्लेख्य मात्रामा बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।