SHARE
अन्नपूर्ण · शुक्रबार​ १७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

साधनाको पर्व दसैं

विजयादशमी, बडादसैं, दसैं। नेपालीहरूले धुमधाम साथ मनाउने शारदीय दसैं इतिहासको कुन कालखण्डमा कहिलेदेखि चल्दैआयो ? यकिन गर्न गाहे छ। तर, एउटा कुरा सत्य हो, मानिस होस् या दानव। या, देवता नै किन नहुन। सबैलाई शक्तिको आवश्यकता पर्छ। शक्तिबिना जीवनको कल्पना पनि गर्न सकिन्न। बिनाशक्ति, तेज, बल, पुरुषार्थ शरीर त रहला। तर, जीवन्तता रहन्न। जीवन्त जीवन नै सार्थक जीवन हो।जहिलेदेखि यस पृथ्वीमा मानिसको उद्भव भयो, त्यही बेलादेखि नै शक्तिको आभ्यन्तरिक कामना मनुष्यको स्वभाव बनेर आएको कुरामा कुनै शंका छैन।