ऊर्जामन्त्री श्रेष्ठ र एडीबी राष्ट्रिय निर्देशक कोशवाबिच भेटवार्ता
काठमाण्डु – एसियाली विकास बैंक (एडीबी) नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् । भेटमा भोटेकोशीको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको थियो ।
