इजरायलको सत्ता फेरि अनिश्चित, नेतन्याहुलाई बहुमतको धक्का
एजेन्सी– इजरायलको आमनिर्वाचनको प्रारम्भिक परिणामले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई उनका प्रमुख प्रतिद्वन्द्वी तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटभन्दा झिनो अन्तरले अगाडि देखाएको छ । यद्यपि, नेतन्याहुको गठबन्धनले संसद्मा बहुमत पुर्याउन सकेको छैन । ९७ प्रतिशत मतगणना सकिँदा नेतन्याहुको लिकुड पार्टीसहित दक्षिणपन्थी र अति–रुढिवादी यहुदी सहयोगी दलहरू १२० सदस्यीय नेसेटमा ५३ सिट जित्ने अवस्थामा देखिएका छन् ।
