SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं । यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा तहमा रहेका प्रतिभालाई राष्ट्रिय खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले नेपाल बास्केटबल सङ्घ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो ।