मधेसमा रास्वपा महाधिवेशन रोकिएपछि छानबिन, अडिट समितिले बुझायो प्रारम्भिक प्रतिवेदन
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश महाधिवेशन हुन नसक्नुका कारणबारे छानबिन गर्न गठित समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च:मतीमा बसेको सचिवालय बैठकमा अडिट समितिका संयोजक तथा पार्टी सहमहामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन बुझाएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
