SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

काठमाडौँमा इन्द्रजात्राको तयारी तीव्र (तस्बिरहरू)

काठमाडौँ। काठमाडौँको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्रजात्राको तयारी तीव्र पारिएको छ। हनुमान ढोका दरबार क्षेत्र र वसन्तपुरमा सरसफाइ, रंगरोगन तथा रथ निर्माणलगायतका काम भइरहेका छन्। यस वर्षको इन्द्रजात्रा प्रक्रियाअन्तर्गत असोज ३ गते यःसिं (इन्द्रध्वजाको लिङ्गो) भक्तपुरको नालाबाट काठमाडौँ ल्याई हनुमान ढोका प्रवेश गराइएको छ। असोज ७ गते यःसिं उठाएसँगै जात्रा औपचारिक रूपमा सुरु हुनेछ।