SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा । सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको दुर्घटना हुँदा जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको थालाजुङका वडाध्यक्ष खुसीमान गुरुङले जानकारी दिए ।