सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज
काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट सर्वश्व गुमाएकी विष्णुकुमारी डंगोल काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफलतापूर्वक निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण रूपमा स्वस्थ भई डिस्चार्ज भएकी छन् । उनलाई पति राजकुमारले मिर्गौला दान गरेका हुन् र उनी पनि पत्नीसँगै डिस्चार्ज भएका छन् ।
