सप्तरी अस्पताल परिसरमा शिशु जन्मिएको घटना: ३ सदस्यीय छानबिन समिति गठन
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको दक्षिण गेट अगाडि खुला क्षेत्रमा एक महिलाले शिशु जन्माएको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीले छानबिन प्रक्रिया अघि बढाएको छ । उक्त घटनाको यथार्थ विवरण पत्ता लगाउन कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
