राहत कोषमा रकम विभिन्न क्षेत्रबाट जम्मा हुने क्रम जारी
काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएका बाढीका कारण प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत तथा पुन:स्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकाय, सङ्घसंस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीयलगायतले रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिरहेका छन् ।
