धरानमा पहिलो पटक महिला अन्तरराष्ट्रिय गोल्डकप हुँदै, विजेतालाई ५ लाख
सुनसरी । धरानमा पहिलोपटक महिला अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । डी–१९ क्लब धरान–१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने भएको हो ।
