SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

आत्महत्या रोकथाम गर्ने उद्देश्यले ‘राष्ट्रिय संवाद सम्मेलन’ आयेजना

काठमाडौं । आत्महत्या रोकथामका लागि ‘राष्ट्रिय संवाद सम्मेलन–२०२६’ आयोजना गरिएको छ । नेशनल सोलुसन एण्ड रिसर्च सेन्टरले ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालसँगको सहकार्यमा आज ‘राष्ट्रिय संवाद सम्मेलन’ आयोजना गरिएको हो । आज विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आयोजना गरिएको उक्त सम्मेलनमा आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य तथा सञ्चारमाध्यमको भूमिकाबारे छलफल तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको छ ।