SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

स्वास्थ्य बीमा बोर्डले ३८३ स्वास्थ्य संस्थालाई दियो बैशाखको २ अर्ब १ करोड

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गरेका ३८३ स्वास्थ्य संस्थालाई स्वीकृत दाबीबापत उक्त रकम भुक्तानी गरेको हो ।