नबिल बैंकलाई एडीबीको ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्ड
काठमाडौँ । एशियाली विकास बैंक (ADB)ले ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्डबाट नबिल बैंक लिमिटेडलाई सम्मानित गरेको छ। एडीबीको १२औँ वार्षिक ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) अवार्ड्समा नबिल बैंकलाई नेपालमा अग्रणी साझेदार बैंकका रूपमा सम्मान गरिएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले उक्त सम्मान ग्रहण गरेका हुन्। बैंकका अनुसार यो सम्मानले एसिया तथा प्रशान्त क्षेत्रमा व्यापार तथा आपूर्ति शृङ्खला वित्तको विकासमा नबिल बैंकले पुर्याउँदै आएको योगदान र प्रतिबद्धतालाई प्रमाणित गरेको छ।
