रसुवा बाढीपीडितका लागि NAIMA द्वारा ५० लाख सहयोग
काठमाडौं । हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रु. ५० लाख सहयोग प्रदान गरेको छ। NAIMA ले आफ्नो पूर्वनिर्णयअनुसार उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। सहयोग हस्तान्तरण कार्यक्रम NAIMA अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा सम्पन्न भएको थियो।
