प्रधानमन्त्री बालेन अमेरिकी राष्ट्रपति ट्रम्पको रात्रिभोजमा सहभागी नहुने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आगामी सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् । करिब चार दिनको छोटो भ्रमणमा न्युयोर्क पुग्ने प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ । तर, प्रधानमन्त्री बालेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभामा सहभागी विश्वका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा भने सहभागी नहुने भएका छन् । ट्रम्पले सेप्टेम्बर २२ मै उच्चस्तरीय पाहुनाका लागि रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भने सेप्टेम्बर २३ मा मात्र न्युयोर्क पुग्नेछन्।
