SHARE
कालिका खबर · मङगलबार २३ भौ २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

रसुवा बाढीबाट निजी क्षेत्रमा परेको क्षतिबारे विश्व बैंकको चासो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच भेटवार्ता भएको छ। महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा रसुवामा हालै आएको विनाशकारी बाढीबाट भएको क्षति, निजी क्षेत्रले भोग्नुपरेका समस्या तथा यसले नेपालको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे छलफल भएको हो। भेटमा अध्यक्ष श्रेष्ठले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्रै नभई यसले नेपालको आर्थिक गतिविधिमा पार्न सक्ने व्यापक प्रभावलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो।