जिलीको जीकर ७ एक्सले पार गर्यो २ लाख उत्पादनको माइलस्टोन, २०२७ मोडलमा नयाँ ब्याट्री आउने
काठमाडौं । जिलीको स्वामित्वमा रहेको विद्युतीय सवारी ब्रान्ड जीकरको लोकप्रिय ७ एक्स इलेक्ट्रिक एसयूभीले विश्व बजारका लागि २ लाख युनिट उत्पादनको महत्वपूर्ण माइलस्टोन पार गरेको छ। सेप्टेम्बर ८ मा यो उपलब्धि हासिल भएको हो। मास प्रोडक्सन सुरु भएको दुई वर्ष पनि पूरा नहुँदै ७ एक्सले २ लाख युनिट उत्पादनको आँकडा पार गरेको कम्पनीले जनाएको छ। यो संख्या ग्राहकलाई डेलिभरी गरिएको गाडीको नभई उत्पादन लाइनबाट बाहिरिएका कुल युनिटको हो। जुलाई २०२६ को अन्त्यसम्म ७ एक्सको विश्वव्यापी डेलिभरी करिब १ लाख ८० हजार युनिट पुगेको तथ्यांक छ।
