SHARE
कालिका खबर · मङगलबार २३ भौ २०८३ ०५:०९ PM · 1 मिनेट पढाइ

गोल्छा परिवारद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड ११ लाख सहयोग

काठमाडौं । गोल्छा परिवारले प्रधानमन्त्री उद्धार कोषमा रु. १ करोड ११ लाख सहयोग गरेको छ। मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’ मार्फत भाद्र २२ गते उक्त रकम हस्तान्तरण गरेको हो। ट्रष्टका अनुसार सहयोग रकम देशका विभिन्न भागमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायका लागि नेपाल सरकारद्वारा सञ्चालन भइरहेको आपत्कालीन उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा उपयोग गरिनेछ।