SHARE
कालिका खबर · मङगलबार २३ भौ २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

दुप्चेश्वर मन्दिरमा पूजा र दर्शनको समय फेरियो, असोजदेखि मुख्य गेट साँझ ५ बजेसम्म मात्रै खुल्ने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर क्षेत्र विकास कोषले धार्मिक विद्वान् तथा सामाजिक व्यक्तित्वहरूसँगको छलफल र बैठकको निर्णयअनुसार मन्दिरमा दैनिक पूजा तथा भक्तजनका लागि मुख्य प्रवेशद्वार खुल्ने र बन्द हुने समय निर्धारण गरेको हो। निर्धारित तालिकाअनुसार असोज १ गतेदेखि फागुन मसान्तसम्म बिहानको नित्य पूजा बिहान ६ः०० देखि ६ः३० बजेसम्म, मध्याह्न पूजा ११ः३० देखि १२ः०० बजेसम्म र साँझको पूजा ४ः३० बजेपछि सञ्चालन हुनेछ।