SHARE
कालिका खबर · मङगलबार २३ भौ २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

जेनजी शहीदहरूको स्मृतिमा कमन जेनजीद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृति तथा सम्मानमा कमन जेनजी नेपालले आज काठमाडौंको नयाँ बानेश्वरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम गरेको छ । आन्दोलनको क्रममा जीवन बलिदान गर्ने जेनजी शहीदहरूप्रति सम्मान व्यक्त गर्दै आयोजित कार्यक्रममा कमन जेनजीका अध्यक्ष विकेश साहसहित विभिन्न जेनजी अभियन्ता तथा युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी युवाहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन गर्दै उनीहरूको बलिदानलाई स्मरण गरेका थिए । सहभागीहरूले शहीदहरूले उठाएका आवाज, उनीहरूले अघि सारेका माग तथा आन्दोलनको उद्देश्य अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको भन्दै चिन्ता र आक्रोश व्यक्त गरेका थिए ।