SHARE
अन्नपूर्ण · बिहीबार २ असो २०८२ १२:१० AM · 1 मिनेट पढाइ

भागेका ९ जना कैदीबन्दी गोरखाबाट पक्राउ

गोरखा : जेनजी आन्दोलनका क्रममा भागेका ९ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन्। कास्की कारागारबाट भागेर आएका ६ जना, केन्द्रीय कारागारबाट भागेर आएका दुई जना र तनहुँ जिल्ला कारागारबाट आएका एक जनालाई गोरखामा पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिए।भागेर आएकाहरूमध्ये पाँच जना कर्तव्य ज्यान मुद्दाका रहेका छन् भने तीन जना जबरजस्ती करणीका र एकजना चोरी मुद्दाका  छन्।