SHARE
कालिका खबर · बिहीबार ४ भौ २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

सर्वोच्चका कतिपय फैसलाको पुनरवलोकन आवश्यक छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन र आन्तरिक वैधानिकताका विषयमा सर्वोच्चले गरेका कतिपय फैसलाहरू पुनरवलोकन हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उनले सर्वोच्चले गरेका कतिपय फैसलाहरू पुनरवलोकन हुनुपर्ने बताए। थापाले अदालतका निर्णयहरू वैधानिक भए पनि तिनले समाजमा कत्तिको वैधता प्राप्त गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हुने तर्क गरे। उनले संख्याको बलमा गरिने कतिपय निर्णयहरूले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै जनभावना र नैतिकताको कसीमा निर्णयहरू खरो उत्रिनुपर्नेमा जोड दिए।