SHARE
कालिका खबर · मङगलबार २७ असो २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

संविधानमै विभेद भएको कारण जनताले समानताको अनुभूति गर्न सकेन : विकेश साह

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा समृद्धि ग्लोबल फाउन्डेसनले आयोजना गरेको ‘संविधानमा समानता, व्यवहारमा विभेद : जातीय छुवाछुत अन्त्यका चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै साहले संविधानमा व्यवस्था गरिएको प्रतिनिधित्व, आरक्षण तथा समानताको प्रावधानमाथि प्रश्न उठाएका हुन् ।