भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु
काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। साथै, कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरेको छ। नेपालमा बीवाईडीका विद्युतीय सवारीसाधनको प्रयोग र ग्राहक आधार विस्तार हुँदै गइरहेको अवस्थामा कम्पनीले बिक्रीपछिको सेवा सञ्जाललाई थप मजबुत बनाउने उद्देश्यले यी दुई परियोजना अघि बढाएको हो। यसबाट ग्राहकलाई सवारीसाधनको मर्मतसम्भार तथा प्राविधिक सेवा सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको विश्वास छ। २५ हजार वर्गफिटभन्दा बढी क्षेत्रफलमा थ्रीएस सेन्टर भक्तपुरमा सञ्चालनमा आएको नयाँ सर्भिस सेन्टर २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ।
