SHARE
कालिका खबर · सोमबार २६ असो २०८३ ०३:३३ PM · 1 मिनेट पढाइ

भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी

काठमाडौं । नाट्टाले थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा सहजता नल्याए पर्यटकीय प्याकेज बन्द गर्ने भएको छ । भिसा ढिलाइ र अव्यावहारिक सर्तका कारण नेपाली यात्रु तथा पर्यटन व्यवसायी ठूलो आर्थिक जोखिममा परेक भन्दै नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटकीय प्याकेज बन्द गर्ने चेतावनी दिएको हो । नाट्टाले भिसा प्रक्रिया तत्काल सुधार नभए थाइल्यान्डका लागि पर्यटकीय प्याकेज बिक्री, प्रचारप्रसार तथा समूहगत भ्रमण सञ्चालन स्थगित गर्ने नाट्टाले चेतावनी दिएको छ ।