आजको मौसम : कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।
