धितोको साटो सम्भावना हेरेर लगानी: महिला उद्यमशीलता प्रवर्द्धन गर्न १ अर्बको ‘सिम्रिक इनिसिएटिभ’ शुभारम्भ
काठमाडौं । महिला उद्यमीहरूको पूँजी, कर्जा र बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’ (SIMRIK Initiative) औपचारिक रूपमा सुरु गरेको छ। परम्परागत बैंकिङ प्रणालीमा घरजग्गा धितो राख्न नसकेकै कारण लगानीबाट वञ्चित भइरहेका सम्भावनायुक्त महिला उद्यमलाई प्राथमिकता दिने लक्ष्यसहित यो पहल अघि बढाइएको हो। ललितपुरस्थित द प्लाजामा शुक्रबार आयोजित कार्यक्रममा संयुक्त दिगो विकास लक्ष्य कोष (Joint SDG Fund), खाद्य तथा कृषि सङ्गठन (FAO) र ह्यान्ड-इन-ह्यान्ड इनिसिएटिभसँगको सहकार्यमा सिम्रिक इनिसिएटिभको शुभारम्भ गरिएको हो।
