SHARE
कालिका खबर · मङगलबार २७ असो २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

बालेन सरकारलाई जनमतको १५ प्रश्न– जताततै करको आतंकले जनता चुस्ने कहिलेसम्म ?

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाउँदै सरकारसँग जवाफ मागेको छ । मंगलबार सामाजिक सञ्जालमार्फत जनमतले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै १५ बुँदे प्रश्न गरेको हो । जनमतले शिक्षा, स्वास्थ्य र बिजुलीमा कर लगाएर जनतामाथि आर्थिक भार बढाएको दाबी गरेको छ । ‘जनतामाथि कर माथि कर किन ? शिक्षामा ५ प्रतिशत कर, स्वास्थ्यमा कर, बिजुलीमा ५–१३ प्रतिशत कर किन ? जताततै करको आतंकले जनता चुस्ने कहिलेसम्म ?’ सरकारलाई पार्टीको प्रश्न छ ।