SHARE
कालिका खबर · मङगलबार २७ असो २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

गोरखा–धादिङ सडकखण्ड अझै ठप्प, अन्य चार राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशको प्रमुख राजमार्ग एवं सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीका कारण गोरखा–धादिङ जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको र अन्य चारवटा सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको जनाएको छ । गोरखाको आरूघाट गाउँपालिकास्थित नयाँपुल सोतीमा रहेको फलामे पुल बाढीका कारण अवरुद्ध हुँदा गोरखा आरूघाटबाट धादिङ जोड्ने सडक पूर्णरूपमा ठप्प बनेको छ । असोज २५ गते बिहानदेखि अवरुद्ध उक्त सडक अझै सञ्चालनमा आउन सकेको छैन ।