SHARE
कालिका खबर · मङगलबार २७ असो २०८३ ०२:४० AM · 1 मिनेट पढाइ

एमालेमाथि घेराबन्दी अझै सकिएको छैन, निर्वाचनमा पनि मोर्चाबन्दी हुन सक्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमालेमाथि चौतर्फी घेराबन्दी रहेको बताएका छन् । पार्टी कार्यलय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले पार्टीमाथि भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए । विगत केही वर्षदेखि एमालेमाथि घेराबन्दी हुँदै आएको उनको भनाइ छ । “हाम्रो अगाडि निर्वाचन आउँदै छ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामीविरुद्धको घेराबन्दी सिद्धिएको छैन । यो एकदमै चालु छ अहिले पनि,” उनले भने । आगामी निर्वाचनमा पनि एमालेविरुद्ध मोर्चाबन्दी हुनसक्ने उनको भनाइ छ ।