नेपाली बजारमा सुनको मूल्य ३ लाख १३ हजार नाघ्यो
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु ४ हजार ८५५ निर्धारण भएको छ । हिजो छापावाल सुन प्रतितोला रु ३ लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु ४ हजार ५९५ मा कारोबार भएको थियो ।
