साफ यू१७ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
काठमाडौं : साफ यू१७ च्याम्पियनसिपमा नेपालले घरेलु टोली श्रीलंकालाई पराजित गरेको छ।श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स इन्टरनेसनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई २-० गोलले पराजित गरेको हो। समूह एमा रहेको नेपालको प्रतियोगितामा यो पहिलो खेल थियो। जसमा नेपालका समीर कुमारले २ गोल गर्दै नेपाललाई जित सुनिश्चित गरेका हुन्।खेलको २९ औं मिनेटमा श्रीलंका १० खेलाडीमा सीमित भयो।
