SHARE
अन्नपूर्ण · शनिबार ३० साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

इरानलाई पराजित गर्दै हर्मुजलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको चेतावनी

काठमाडौं : इरानसँग बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजलाई चाँडै अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिएका छन्। इरानलाई युद्ध अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले कडा आर्थिक कदम चाल्ने तयारी गरिरहेका बेला ट्रम्पले इरानलाई पराजित गरेपछि अमेरिकाले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दाबी गरेका हुन् ।