यूएईको नयाँ नियम : भिजिट भिसा अब वर्किङमा परिवर्तन नहुने
काठमाडौं : भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ।गत वर्षको ‘जेन–जी’ आन्दोलनपछि नेपालीहरूले यूएई जानका लागि प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट लिनुपर्ने अनिवार्य नियम यूएई सरकारले लगाएको थियो।
