SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

फराकिलो मतान्तरसहित कांग्रेस केन्द्रीय सदस्य बने तीर्थ लामा

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति (खुला) क्लस्टरतर्फको केन्द्रीय सदस्य पदमा बागमती प्रदेशसभा सदस्य तीर्थ लामा फराकिलो मतान्तरसहित विजयी भएका छन् ।काभ्रेपलाञ्चोक जिल्ला सभापतिसमेत रहेका लामा संविधानसभा सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री पनि हुन। उनले उक्त पदमा ४ हजार ८ सय ५३ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारे ।