कांग्रेसमा हालसम्म को-को पदाधिकारी भए निर्वाचित ?
काठमाडौं : नेपाली कांग्रेसका १५ औं महाधिवेशनमा भएको निर्वाचनको मतगणना जारी रहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार कांग्रेसको सभापतिमा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै गगन थापा निर्वाचित भएका हुन्।यसैगरी वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल, समावेश उपसभापतिमा बिनोदकुमार चौधरी निर्वाचित भएका छन्। शर्मा र भुसाल निर्विरोध निर्वाचित भएका हुन्।
